कोरोनाबाट पर्सामा थप एक जनाको मृत्यु


५ भाद्र २०७७, शुक्रबार
korona death

पर्सा, ५ भदौं । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजेतिर मृत्यु भएको हो ।

हिजैदेखि अवस्था सिरियस रहेको र राति दुई पटक भेन्टिलेटरमा राखेर निकालेका जानकारी दिंदै उपचारमा संलग्न एक चिकित्सकले भने, ‘बिहान फेरि अवस्था बिग्रिएर भेन्टिलेटरमा राख्यौं, तर उहाँको अवस्थामा सुधार आउन सकेन ।’

मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तले रेमडेसिभर औषधि ल्याउन खोजे पनि सकिरहेका थिएनन् ।

नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७