१३ औं सागमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन


५ भाद्र २०७७, शुक्रबार
SAGA 1 scaled

काठमाडौं, ५ भदौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उपसमिति गठन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको हो । राखेप बोर्ड सदस्य गोविन्दबहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ ।

उपसमितिले ब्याडमिन्टन खलका सामग्री खेलाडीहरुले समयमा नपाएको, प्राप्त खेल सामग्री गुणस्तरहीन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ । उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेशन अनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा छानबिन हुने बताएका छन् ।

अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त नभएकाले सोही विषयमा छानबिन गरिने उनले बताए । अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रलायले छानबिन गर्ने उनले जानकारी दिएका छन् ।

उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासाङ फिजिङ शेर्पा रहेका छन् । उपसमितिले २१ दिनभित्र प्रतिशत राखेपलाई बुझाउने छ । नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनले राजीनामा बुझाइसकेका छन् ।

सागमा खेलाडीको सामग्री खरिदमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका हुन् । यसअघि शुक्रबार ब्याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी निवदेन दर्ता गराएका थिए । सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको छ । जसमा नेपालले ५ काँस्य पदक जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७