थप ८३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३० हजार नाघ्यो


५ भाद्र २०७७, शुक्रबार
korona 7

काठमाडौं, ५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा १२ हजार १३२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै १२ हजार २३४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७