पिसिआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड बढी खर्च, एक संक्रमित पत्ता लगाउन एक लाख चार हजार खर्च


५ भाद्र २०७७, शुक्रबार
PCR Test Corona 1

काठमाडौं, ५ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको एक जना पोजिटिभ पत्ता लगाउन एक लाख चार हजार खर्च हुने गरेको जनाएको छ ।

मन्त्रालयको नियिमत कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको जानकारी दिएका छन् ।

हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पिसिआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये ३० हजार ४८३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

‘सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र एक लाख ४ हजार ६३० रुपैयाँ खर्च गरिरहेको छ,’ प्रवक्ता डा. गौतमले भने, ‘एक जनाको परीक्षणका लागि सरकारले ५५ सय रुपैयाँ खर्च गर्दै आइरहेको छ ।’

डा. गौतमका अनुसार संक्रमितलाई आइसियुमा उपचार गर्नु परेमा ३० दिनमा ४ लाख ५० हजार खर्च हुने गरेको छ ।

देशभर आईसीयुमा १३३ र १५ जना भेन्टिलेटरमा उपचाररत
देशभर आईसीयु र भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर १३३ जना आईसीयूमा र १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यो तथ्यांक अहिलेसम्मकै उच्च हो ।

प्रदेश–१ मा १६, प्रदेश–२ मा ४६, वाग्मती प्रदेशमा–५२, गण्डकी प्रदेशमा–६ र प्रदेश–५ मा १३ जना कोरोना संक्रमित बिरामीको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिममा भने संख्या शून्य छ । भेन्टिलेटरमा उपचार गराउने सबै वाग्मती प्रदेशका छन् । देशभर आईसीयू बेडको संख्या ९८४ र भेन्टिलेटरको संख्या ४९० रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७