सशस्त्रका ३४ खेलाडीलाई कोरोना संक्रमण


५ भाद्र २०७७, शुक्रबार
APF

काठमाडौं, ५ भदौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना संक्रमण भएको छ ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।

सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

यसअघि पनि दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७