नेपालमा संक्रमित ३० हजार नाघ्यो, २४ घण्टामै ११ जनाकाे मृत्यु {भिडियाे}


५ भाद्र २०७७, शुक्रबार
Ministry of Health and Population Nepal Press Briefing on COVID 19 Ministry of Health and Populat.00 00 24 23.Still002

काठमाडाैं, ५ भाद्र । नेपालमा संक्रमितको संख्या ३० हजार नाघेकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ८३८ जनामध्ये थपिएसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रयोगशालामा गरिएको परिक्षणका क्रममा २९२ महिला र ५४६ पुरूष रहेका छन ।

यस्तै गएको २४ घण्टामा २५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा १२ हजार १३२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै १२ हजार २३४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा काठमाडौं १४२ , ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेका छन् । शुक्रबार थप २५० जना डिष्चार्ज भएका छन् भने हालसम्म १८,२१४ जना डिष्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले जनाए।

कोरोनाले लियो २४ घण्टामै ११ जनाको ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक–एक जना गरी ११ जनाको मृत्यु भएको हो ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७