सेभियालाई छैठौं पटक युरोपा लिगको उपाधि


६ भाद्र २०७७, शनिबार
thumb 1 3

कोलोन, ६ भदौं । युरोपा लिगको ‘किङ’ मानिने सेभियाले इन्टर मिलानलाई हराउँदै छैठौं पटक च्याम्पियन बनेको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पार्‍यो ।

सेभियाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । यसक्रममा उनले यस सिजनमा आफ्नो गोल संख्या ३४ पुर्‍याएका छन् ।

खेलको १२ औं मिनेटमा जिसस नाभास र ३३ औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभियाका लागि लुक डी जोङले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५ औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुर्‍याए ।

खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो । लुकाकुको आत्मघाती गोलपछि भने इन्टरको युरोपेली उपाधिका लागि १० वर्षको प्रतीक्षा कायम रह्यो ।

यस्तै नौ वर्षयता इन्टरले कुनै उपाधि जित्न सकेको छैन । सेभियाले युरोपा लिगको इतिहासमा फाइनल खेलेको यो छैटौं पल्ट हो र उसले कुनै पनि अवसरमा हार बेहोर्नु परेको छैन । सेभियाले सन् २०१४–२०१६ बीच लगातार तीनपल्ट युरोपाकप जितेको थियो ।

अहिले उपाधि जितेको सेभिया टिम भने नयाँ हो । प्रशिक्षक जुलेन लोपेटेगुईले टिम सम्हालेयता सेभियाले पहिलो पटक उपाधि जितेको हो । फेब्रुअरीयता सेभिया लगातार २१ वटा खेलमा अपराजित रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७