जमिन खन्दै गर्दा तीन करोड बराबरका सुनका डल्ला भेटिएपछि …


६ भाद्र २०७७, शनिबार

सिड्नी, ६ भदौं । जमिन खन्ने काम गर्ने दुई जनाले अस्ट्रेलियामा सुनको दुई वटा डल्ला भेटेका छन् ।

उनीहरूले खन्ने क्रममा झण्डै दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सुनको डल्ला भेटेका हुन् । यसको नेपाली मूल्य अनुमानित तीन करोड पर्छ ।

ब्रेन्ट श्यानन र एथन वेस्टले त्यो सुनको डल्लो भिक्टोरिया राज्यको टार्नागुल्ला शहर नजिक खन्दै गर्दा भेटेका हुन् । उनीहरूको यो खोजलाई चर्चित टेलिभिजन शो ‘अस्सी गोल्ड हन्टर्स’ मा देखाइएको छ ।

एथन वेस्टका अनुसार चार वर्षमा खन्दै जाँदा आफूले सायद हजारौं टुक्रा सुन फेला पारेको बताए । डिस्कभरी च्यानलले सुनको खोज गर्नेले आफ्नो अनुमानित मूल्यको तुलनामा सुनको डल्लाको लागि ३० प्रतिशतसम्म धेरै भुगतान गर्न सक्ने जनाएको छ ।

सन् २०१९ मा एक अस्ट्रेलियाका व्यक्तिले मेटर डिटेक्टरको सहायताद्वारा एक दशमलव चार किलो सुन हात पारेका थिए । त्यसको अनुमानित मूल्य झण्डै ६९ हजार अमेरिकी डलर थियो । अस्ट्रेलियामा सुनको खोजी गर्ने काम सन् १८५० को दशमा सुरु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७