नेपालमा काेराेना संक्रमित ३१ हजार ११७ पुग्याे, उपत्यकामा हालसम्मकै धेरै संक्रमित {भिडियाे}


६ भाद्र २०७७, शनिबार
Ministry of Health and Population Nepal Press Briefing on COVID 19 Ministry of Health and Populat.00 00 24 23.Still002

काठमाडाैं, ६ भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६३४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ । काठमाडौंमा १६० , भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना देखिएको हो ।

शनिबार १३६ जना डिष्चार्ज भएका छन् भने हालसम्म हालसम्म १८३५० जना डिष्चार्ज भएका छन् । त्यस्तै कोरोनाका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा एक बालिकासहित २ जना, पर्सामा ६१, ५८ र ४८ बर्षिय पुरुष, बारामा ५८ बर्षिय पुरुष, सिराहामा ६८ बर्षिय पुरुष, मकवानपुरमा ५६ बर्षिय पुरुष र भक्तपुरमा ७३ बर्षिय पुरुषको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ११,६५८ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७