प्रेमीलाई धोका दिएर शिल्पाले यी ‘ह्याण्डसम’ सँग कसिन् लगनगाँठो


८ भाद्र २०७७, सोमबार
shilpa

काठमाडौं, ८ भदौं । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

shilpa3

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले प्रेमी–प्रेमिका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजिएको छ । गीतमा अभिनेत्री पोखरेलले दुःखान्त परिवेशको अभिनय गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७