निषेधाज्ञा उपत्यकाको पाँचौ दिन {भिडियाे}


८ भाद्र २०७७, सोमबार
nisedhagya kathmandu 1.00 00 24 01.Still005

काठमाडाैं, ८ भाद्र । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको पाँचौ दिन पनि उपत्यकामा पूर्ण प्रभाव परेको छ ।

एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकामा औषधि र खाद्यान्न बाहेकका अन्य पसल बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायत अन्य अत्यावश्यक सवारी सञ्चालनमा रहेका छन् ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले चोक चोकमा चेकजाँचलाई निरन्तरता दिएका छन् । अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले बुधबारसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७