कोरोनाबाट पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्षको निधन


९ भाद्र २०७७, मंगलवार
4f219903a67bc6e2e5d8e567617780f3 w1000 h500 cp

बेलायत, ९ भदौं । पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा निधन भएको शेर्पा संघ बेलायतका पूर्व महासचिव योन्तेन ग्याछोले जानकारी दिएका छन् ।

उनी तीन छोरा र श्रीमतीसँग बेलायतको आसफोर्डमा बसोबास गर्दै आएका थिए । उनका बुवाआमा भने नेपालमै छन् ।

शुरुमा उनलाई आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो। उनको कलेजोमा पनि समस्या देखिएको थियो ।

पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन् । उनी संघको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७