अनमोल–अदिती यसो गर्दैछन् स्कटल्याण्डमा


२१ माघ २०७४, आईतवार
ad

बुहप्रतिक्षित चलचित्र ‘कृ’ को एउटा गीतको छायाँकनका लागि स्कटल्याण्ड भएका नायक–अनमोल केसी र नायिका अदिती बुढाथोकी केहि दिन गुमनाम भए । तर, अहिले उनीहरुका फलोअरले उनीहरुलाई रोमान्टिक मुडमा फेला पारेका छन् ।ad

माघ २६ को रिलिज डेट पाएको चलचित्र ‘कृ’ को गीतको छायाँकनका सुन्दर र मुडी अभिनय गर्दै गरेको तस्विर सामाजिक सञ्जालमा फेला परेपछि अनमोल–अदितीको फ्यानहरुको मन पनि फुरुङ्ग बनेको छ । ‘मैले जानी–नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डको रमणीय स्थानमा ३ दिन लगाएर खिचिएको छ चलचित्र निर्माण पक्षले जनाएको छ । यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भोली विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ ।ad1

यसैवीच, गीत सार्वजनिक हुनुभन्दा अगाडि यसका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । जसमा, अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन् । एक दर्जनको टिम स्कटल्याण्ड पुगेर यो गीतको भिडियो खिचिएको हो । सुरेन्द्र पौडेलले चलचित्रको निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।ad2

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७