नक्कली पासपोर्ट प्रकरण : गल्ती स्वीकारेपछि रोनाल्डोन्हो ब्राजिल फर्कदै


९ भाद्र २०७७, मंगलवार
Ronaldihno 02 p9HO5MS1hf

काठमाडौं, ९ भदौं । पाँच महिना पाराग्वेस्थित एक घरमा आफ्नो दाइ रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो अब घर फर्कन पाउने भएका छन् । देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई जनालाई पक्राउ गरिएको थियो ।

अप्रिलमा दुई जनाको तर्फबाट वकिलले १.६ करोड डलर धरौटी बुझाएपछि उनीहरुलाई जेलबाट सारेर मुद्दाको सुनुवाइ हुँदासम्म एक होटलमा नजरबन्द गरिएको थियो ।

दोषी ठहर भएमा दुई जनाले ५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्थ्यो । तर, दुवैले नक्कली पासपोर्ट प्रयोग गरेको स्वीकार गर्दै जरिवाना रकम तिरेका छन् । यसमा रोनाल्डोले ९० हजार डलर र एसिसले १ लाख १० हजार डलर जरिवाना रकम तिरेका हुन् । एसिसको पाराग्वेमा आपराधिक रेकर्ड रहनेछ भने रोनाल्डिन्होको रहने छैन ।

रोनाल्डिन्होलाई जेल पुुर्‍याउने १० वर्षे ओरालो यात्रा
एसिसले दुई वर्षसम्म ब्राजिल छाड्न पाउने छैनन् र २४ महिनाको अन्तरालमा समय–समयमा रियो दि जनेरियोका अधिकारीहरु सामु उपस्थित हुनुपर्नेछ । बार्सिलोना, एसी मिलान र पीएसजीका पूर्वस्टार रोनाल्डिन्हो अब चाहेको समयमा ब्राजिल फर्कन पाउने छन् ।

एक प्रचारात्मक कार्यक्रममा पाराग्वे पुगेका दुई दाजुभाइले सुरुमा नक्कली पासपोर्ट प्रयोग गरेको कुरा अस्वीकार गर्दै आएका थिए । पक्राउ परेपछि उनीहरुले ३२ दिन जेलमा बिताएका थिए ।

अप्रिलको अन्त्यतिर सम्म पनि एक टेलिभिजन अन्तरवार्तामा रोनाल्डिन्होले उनी र उनको दाईलाई पासपोर्ट नक्कली भएको थाहा नभएको बताएका थिए । केही समयअघि रोनाल्डिन्होले जेलमा फुटबल खेलेको भिडियोहरु भाइरल बनेको थियो । स्रोतः गोल डटकम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७