संक्रमित बढिरहेका बेला बीपी प्रतिष्ठानका सबै नर्सहरु आन्दोलित, मुख्यमन्त्रीले दिए यस्तो निर्देशन


९ भाद्र २०७७, मंगलवार
n1 3

सुनसरी, ९ भदौं । प्रदेश–१ मा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेका बेला प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् ।

प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्ता समेत नदिएको भन्दै मंगलबारदेखि सबै नर्सहरु आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रिएका नर्सहरुले प्रतिष्ठान व्यवस्थापनविरुद्ध नाराबाजी गर्दै आफ्नो जीवनरक्षाको समेत माग गरेका छन् ।

ड्यूटीमा खटिएका नर्सहरुलाई पीपीई, मास्क, पञ्जा नदिएको, वर्ष दिनदेखि वृद्धि भएको तलब र कोरोना भत्ता नदिएको, संक्रमित बिरामीको सम्पर्कमा आएका नर्सहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पटक–पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गर्दा प्रतिष्ठानका पदाधिकारीहरुले बेवास्ता गरेका कारण बाध्य भएर धर्नामा उत्रनुपरेको नर्स सफला बुढाथोकीले बताइन् ।

मुख्यमन्त्री राईले दिए यस्तो निर्देशन
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग समस्या समाधानका लागि छलफल गरेका छन् ।

ed1d47c3e019e43690c8545d1bbdd5d9 w1000 h500 cp

प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मगलबार मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन् ।

मुख्यमन्त्री राईले अस्पतालका नर्सहरुको आन्दोलनका विषयमा पनि चासो राखेका छन् । मुख्यमन्त्री राईले पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टा–छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनले उपचार गराउन आएका बिरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए । तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका छन् ।

उनले पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशीघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै बीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए । छलफलमा पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७