बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी


१० भाद्र २०७७, बुधबार
lionel messi 7jphydm08M

काठमाडौं, १० भदौं । फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्‍याएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् । उनले अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्न दवाव परेको समाचारमा जनाइएको छ । बार्सिलोनासँग उनको सम्झौता अझै एक वर्ष बाँकी छ । तर मेस्सीले एक वर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका हुन् ।

मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरी ए क्लब इन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा इच्छुक रहेको बताइएको छ ।

मेस्सीले पुनः बार्सिलोनाका नयाँ प्रशिक्षक र पदाधिकारीसँग भेटेर क्लब छाड्न चाहेको दोहो¥याएका हुन् । उनले आफूलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् । मेस्सीले आफ्नो २० वर्षको बार्सिलोनाको करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७