गठबन्धनमा संघीय फोरम र राजपाको प्रतिनिधीसभाको लागि ५५ सिट दाबी


२२ आश्विन २०७४, आईतवार
Upendra yadav and mahanta thakur

प्रदेश न.२ मा दुई तिहाइ माग

काठमाडौं : कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँडको जिम्मेवारी शीर्ष नेतालाई दिएको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, लोकतान्त्रिक फोरम र राप्रपाद्वारा गठित संयुक्त कार्यदलले सिट बाँडफाँडको जिम्मेवारी शीर्ष नेतालाई दिएको हो ।

Upendra yadav and mahanta thakur

समाजवादी फोरम र राजपाले नेपालले कांग्रेस नेतृत्वको गठबन्धनमा प्रतिनिधिसभाको ५५ सिट दाबी गरेको छ । उनले तराईका जिल्लामा दुईतिहाई सिट आफूले पाउनु पर्ने दावी गरेका छन् । प्रदेश २ मा मात्र ३२ मध्ये २४ सिट आफूहरुले पाउनु पर्ने दुई दलको दाबी छ ।

यसैगरी प्रदेश १ का झापामा एक, मोरङमा २ र सुनसरीमा २ सिट दाबी गरेको छ । प्रदेश ५ का साथै प्रदेश १ का पहाडी जिल्लाहरुमा दुई दलले सिट दाबी गरेका छन् । राजपा र फोरमले प्रदेशसभामा पनि प्रत्यक्षतर्फ देशभरका ३३० मध्ये १३१ सिटमा दाबी गरेका छन् । प्रदेश २ को प्रदेशसभामा ६४ सिट छ ।

यस्तै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले २० सिटमा आफ्नो दावी प्रस्तुत गरेको छ । भने कमल थापा नेतृत्वको राप्रपाले पनि २० सिट दावी गरेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ती दलका नेताहरुसँग परामर्श गरी सिट बाँडफाँड गर्ने भएको छ । दलहरुले दावी गरेको सिटका आधारमा देउवाले ती दलका नेताहरुसँग परामर्श गरी सिट बाँडफाँड गर्ने सहमति भएको कार्यदलमा सहभागि नेताले वताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७