नेपाल बंगलादेश बैंकद्वारा २ करोड २५ लाखको औषधि सहयोग


११ भाद्र २०७७, बिहीबार
NB Bank PR h9QhwRVjbY

काठमाडौं, ११ भदौ । नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संयुक्त लगानीको बैंक आईएफआईसी बैंक बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो ।

हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि RENDESIVIR पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा। बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ ।

उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने विश्वास बैंकको छ । उक्त औषधिको हालको बजार मूल्य करिब दुई कारोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख प्रदान गरिसकेको छ । समाज प्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७