तक्मे बुढाले सुटुक्क गरे गरे बिहे


२२ माघ २०७४, सोमबार
takme

काठमाण्डौं, २२ माघ : कहिले हो, हो जस्तो । कहिले होइन होला भने जस्तो ठट्टा गरेर हँसाउँदै आएका कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) ले सुटुक्क विहे गरेका छन् ।takme

तक्मे बुढा दुलहा बनेर गुरुङ पहिरनमा ठाँटिएका थिए । लजाउँदै जग्गेमा बसे अनि दुलहीलाई हेरेर मुसुक्क मुस्कुराए । कुरा लुकाई रहनु परेन, उनी अनस्क्रिन दुलहा बन्दै थिए । फिल्मको नाम जुराइएको छ–‘साली कसको भेनाको ।’ लोकेसन रहेको छ धम्पुस । गुरुङ वस्तीलाई पृष्टभूमिमा राखेर दीर्घ गुरुङ बिहेको दृष्य खिचिरहेका थिए । भद्र भुजेल चाहि निर्देशनमा रहेका थिए । फिल्मलाई प्रसाद श्रेष्ठले लगानी गरेका छन् ।

उनी सन्तान, कान्छी, कर्जा जस्ता फिल्मका निर्माता पनि हुन् । यहि फिल्मबाट विल्सनविक्रम राई अर्थात तक्मे बुढा मूख्य भूमिकामा देखिंदै छन् । चुस्स दाह«ी पालेका तक्मे दुलहाको ठाँटमा निकै खुलेका थिए । उनकी दुलही रहिछिन्–रजनी गुरुङ । फिल्ममा रजनीसँगै मरिष्का पोखरेल, सुष्मा कार्की, बुद्धि तामाङ, रवी गिरी, प्रिया रिजाल, बिरेन श्रेष्ठ देखिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७