जापानी कम्पनीले गर्‍यो उड्ने कारको मान्छे राखेरै सफल परीक्षण (भिडियो)


१४ भाद्र २०७७, आईतवार
05757ea642c53376b4ae8c5893b65637 w1000 h500 cp

काठमाडौं, १४ भदौं । जापानी कम्पनी स्काई ड्राइभले उड्ने कारको सफल परीक्षण गरेको छ ।
जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो ।

सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो । उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ । परीक्षण उडानका क्रममा उक्त कार ४ मिनेटसम्म हावामा उडेको थियो ।

स्काई ड्राइभका प्रमुख कार्यकारी अधिकृत तोमोहिरो फुकुजावाले उड्ने कारलाई व्यापारीकरण गर्ने योजना भएको जानकारी दिएका छन् । उनले उड्ने कार सुरक्षित र सहज हुने दाबी गरे । उनले यस्ता कार सुलभ हुने पनि जानकारी दिएका छन् । चाँडै उड्ने कार मानव जीवनको नयाँ तरिका बन्ने उनको विश्वास छ । एजेन्सी

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७