हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगर नियुक्त


१४ भाद्र २०७७, आईतवार
udaya rana magar

काठमाडौं, १४ भदौ । सरकारले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङका महावाणिज्यदूत नियुक्त गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रानामगरलाई मकाउ समेत हेर्ने गरी महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

आइतबार साँझ बसेको मन्त्री परिषद बैठकले गृहमन्त्रालयका सहसचिव रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

रानामगरले यसअघि गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन्। हङकङ र मकाउ चीनका विशेष प्रशासनिक क्षेत्र हुन् ।

हङकङ र मकाउमा उदयबहादुर रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत भएका छन्। नेपाल आदिवासी जनजाती महासंघ हङकङले आदिवासी जनजाति समुदायका महावाणिज्यदूत पठाउन माग गर्दै लामो समयदेखि आन्दोलनसमेत गरिरहेको थियो।

यस पटक भने सरकारले महासंघको माग सम्बोधन गरेको भन्दै महासंघ हङकङका अध्यक्ष किसन राईले खुसी व्यक्त गरे । उनले भने,‘हाम्रो भावना र मनोविज्ञान बुझीदिएकोमा हामी असाध्यै खुुसी छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७