मेस्सीलाई अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो तिर्नुपर्ने


१५ भाद्र २०७७, सोमबार
messi 2

काठमाडौं, १५ भदौं । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अनुबन्धको लागि सात सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ ।

स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने जनाएको छ । ला लिगाले मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसारको रिलिज क्लज तिर्नुपर्ने बताएको हो ।

ला लिगाको निर्णयसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमति बिना क्याम्प नाउ छाड्ने नपाउने भएका छन् । तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमति बिना समेत क्लब छाड्न पाउने छन् ।

मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने घोषणण गरिसकेका छन् । तर, बार्सिलोनाले भने यो समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताउँदै आएको छ । ला लिगाको निर्णयले समेत बार्सिलोनालाई राहत मिलेको छ । तर, मेस्सीलाई भने कठिन हुने भएको छ ।

अर्जेन्टिनी फरवार्ड मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ । मेस्सी क्लबले गरेको कोरोनाको पीसीआर टेस्टमा समेत सहभागिता भएनन् । बार्सिलोनाले टिमको प्रशिक्षण अघि खेलाडीको पीसीआर गरेको हो । बार्सिलोनाले नयाँ सिजनका लागि आजबाट प्रशिक्षण शुरु गर्दैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७