अब मोबाइलमा कुराकानी गर्न टेलिकमले ऋण दिने


२२ माघ २०७४, सोमबार
ntc

काठमाडौं, २२ माघ । नेपाल टेलिकम प्रतिस्पर्धात्मक बजारमा आक्रामकरुपमा ग्राहकहरुबीच जाने भएको छ । टेलिकमले अब आफ्ना ग्राहकहरुका लागि मोबाइलमा ऋण दिने भएको छ । कम्पनीले सोमबार आयोजित वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ऋण दिने नमस्ते क्रेडिट नामक सेवा शुरु गरेको हो ।

ntc
सो सेवामार्फत ग्राहकहरुले फोन गर्दागर्दै रकम सकिएमा पनि कुराकानी गर्न सक्नेछन् । कुरा गर्दागर्दै फोनको व्यालेन्स सकिएपनि फोन गर्न सकिने र पछि रिचार्ज गर्दा सो रकम काटिने तर कुनै ब्याज वा थप रकम नलाग्ने टेलिकमले जानकारी दिएको छ ।
सूचना तथा संचामन्त्री मोहनबहादुर बस्नेतले सो सेवा शुरु गरेका हुन् । सोमबार शुरु गरिएको सो योजना आगामी एक महिनाभित्र व्यवसायीकरुपमा कार्यान्वयनमा आउने कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभिन्न छुटहरु दिने जानकारी दिइन् ।
यो सेवामा क्रेडिट लिमिट कति हुने र कति बेरसम्म पैसा सकिएपनि कुराकानी गर्न पाइने भन्ने अझै निर्धारण भईसकेको छैन् ।
यसका साथै टेलिकमले विभिन्न सेवा तथा सुविधाहरु आफ्ना ग्राहकहरुलाई दिने घोषणा गरेको छ ।
चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीले एडिएसएल सेवाको गति माघ २५ गतेदेखि ५ मेगाबाइट प्रतिसेकेण्ड पुर्याएको छ भने क्रस बण्डलिङमा तीन महिनासम्मका लागि एडिएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सिडिएमएमा डाटा बोनस उपलब्ध गराउनेछ ।
त्यसैगरि पोस्टपेड ग्राहकहरुलाई मात्र दिँदै आएको सीयूजी सेवा अब प्रिपेड ग्राहकहरुलाई पनि उपलब्ध गराउनेछ ।
डाटा प्याकेज

कम्पनीले जीएसएम सेवातर्फ माघ २३ गतेदेखि फागुन ८ गतेसम्मका लागि अनलिमिटेड नाइट भ्वाइस प्याकेज ३ दिनका लागि ३५ रुपैयाँ कायम गरेकोछ ।
अनलिमिटेड अल टाइम डाटा प्याकेज कुनैपनि समय प्रयोग गर्न सकिने २४ घण्टाका लागि ५० रुपैयाँ शुल्क तोकेको छ ।
अनलिमिटेड नाइट डाटा प्याकेज एक रातको लागि १५ रुपैयाँ निर्धारण गरेको छ ।
रिचार्ज बोनस
टेलिकमले रिचार्जतर्फ माघ २३ गतेदेखि २९ गतेसम्म बोनस दिने भएको छ ।
जसमा ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म १० प्रतिशत बोनस छ भने ५ सय र १ हजार रुपैयाँको बोनसमा १५ प्रतिशत बोनस दिने भएको छ ।
ल्याण्डलाइन सेवा
ल्याण्डलाइन सेवाग्राहीहरुका लागि पनि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिने घोषणा गरेको छ ।
अन्तराष्ट्रिय कल
कम्पनीले माघ २५ गतेदेखि वैशाख २५ गतेसम्मको लागि छिमेकी राष्ट्र भारतमा कल गर्न २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रति मिनेटसम्मको अफर ल्याएको छ ।
कम्पनीले अन्तराष्ट्रिय आगमन कल प्राप्त गर्ने ग्राहकहरुलाई पनि प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढि कल आएमा कम्पनीको नेटवर्क्भित्र कल गर्न तथा एसएमएस गर्न बोनस दिने भएको छ ।
फाइबर टू होम

कम्पनीले फाइबर टू होम सेवा प्रबर्धन गर्न माघ २५ गतेदेखि वैशाख २५ गतेसम्म एफटिटिएस सेवाका व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरुलाई विभिन्न अफरहरु दिने भएको छ । यसबाहेक कम्पनीले स्प्रीङ अफर पनि वैशाल २५ गतेसम्म संचालन गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७