पीसीआर परीक्षण गर्दा ४ हजार ४ सय शुल्क लाग्ने


१५ भाद्र २०७७, सोमबार
corona test

काठमाडौं, १५ भदौ । सरकारले कोरोनाभाइरस कोभिड १९ को पीसीआर परीक्षणबापत ४ हजार ४ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ ।

कोरोनाको सशुल्क परीक्षण गर्ने अनुमति पाएका ल्याबहरूले सेवा शुल्कसहित अधिकतम ४,४०० रुपैयाँ मात्र लिन पाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउने उनले बताए ।

यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । तर कतिपय निजी अस्पतालले त्योभन्दा बढी रकम समेत लिने गरेको गुनासो आएपछि सरकारले पीसीआर परीक्षणको शुल्य तय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७