गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको लद्दाखमा मृत्यु


१५ भाद्र २०७७, सोमबार
captain dikshant thapa

काठमाडौं, १५ भदौं । भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको छ । भारतीय सेनाले चीनसँगको सीमा विवाद भएको पूर्वी लद्दाखमा थापाको मृत्यु भएको जनाएको छ ।

गाडीको ठक्करबाट क्याप्टेन थापाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ । हिजो बेलुकीको घटना आज मात्रै सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमले एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिएको र क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको जनाएका छन् ।

यो घटना लद्दाखको कारु कियारी क्षेत्रमा भएको हो । चीनसँग शनिबार र आइतबार झडपको घटना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७