गोपालचन्द्र राईको ‘सुँगुरे माया’ सार्वजनिक


१५ भाद्र २०७७, सोमबार
wilson bikram rai rand anjali adhikari

काठमाडौं, १५ भदौ । गीतकार गोपाल चन्द्र राईको ‘सुंगुरे माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रुप कुमार राईले स्वर दिएको राईको गीत युटुयुब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

पूर्वेली भाकामा रहेको गीतको संगित तोरेम्पा हाङ र संगित संयोजन फणिन्द्र राईले गरेका छन् । भने मेक्सिङ मिन विष्ट गरेका हुन ।

यस्तै भिडियो विल्सन विक्रम राई (तक्मे बुढा), सुरेन्द्र केसी (मुलाको साग) र अन्जली अधिकारीको मुख्य भुमिका रहेको छ । भिडियो नवराज उप्रेती, नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राई र सम्पादन मनोज कार्कीले गरेका छन् । नपत्याउने गीत तर निक्कै राम्रो म्यूजिक भिडियो सार्वजानिक भएको सो टिमले जनाएको छ ।

Takmebudha.com यू टुव च्यानलबाट सार्वजानिक गरिएको सो गीतमा गरिवीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरु हुने तर आर्थिक अभाव भएको कारण झर्को फर्काे हुने मायालाई सुँगुरे मायाको संज्ञा दिएको गीतकार राईको भनाई रहेको छ ।

राईको केही समय अघि ‘रुदाँ रुँदै हासेको मान्छे म’ गीत सार्वजनिक भएको थियो । उनले सय बढी गीत लेखि सकेका छन । उनी नेपाल आयल निगम कर्मचारी संघको आधिकारीक ट्रेड यूनियनका अध्यक्ष समेत हुन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७