मन्त्री घिमिरेलाई कोरोना भाइरस संक्रमण


१६ भाद्र २०७७, मंगलवार
jiwan ghimire

विराटनगर, १६ भदौं । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार मन्त्री घिमिरेको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो ।

आइतबारदेखि लगातार पखाला लागेको र सोमबार ज्वरो समेत आएपछि मन्त्री घिमिरेको सोमबार बिहान स्वाब संकलन गरिएको थियो । सोमबार साँझ कोरोना पोजिटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमा नै रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७