हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ भन्छन्–‘भोकले कोही नमरोस्’


२२ माघ २०७४, सोमबार
madan

काठमाण्डौं, २२ माघ : हरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको अभनिय जति राम्रो छ, उनको मन पनि उति नै राम्रो छ । अर्काको दुःद देख्न नसक्ने मदनकृष्णको एउटा मार्मिक भिडियो अहिले बाहिर आएको छ । मदनकृष्ण अभिनित ‘भोकले कोही नमरोस्’ बोलको स्वदेश गानको भिडियो बाहिरिएको हो । धापाखेल ललितपुरमा घर भई अष्ट्रेलिया बस्दै आएका श्यामराज दाहालको स्वर रहेको गीतका शब्द लोकप्रिय गीतकार दिनेश अधिकारीले लेखेका हुन् । madan

राष्ट्रिय भावना समेटिएको स्वदेशगानमा आवाज दिंदै श्यामराजले गायकको परिचय बनाएका छन् । गीतले देश सबैका लागि प्यारो बनोस्, आँशुमा कसैले डुब्न नपरोस्, लगायतका भावलाई व्यक्त गरेको छ । बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको भिडियो युट्युबमा पनि रुचाइएको छ । कृष्ण आचार्यको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईको सम्पादन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७