महिलाको मुखबाट निकालियो १.२ मिटर लामो सर्प


१७ भाद्र २०७७, बुधबार
s1

काठमाडौं, १७ भदौं । विश्वमा कतिपय अपत्यारिला घटना भइरहेका हुन्छन् । त्यस्तै घटनामध्ये एउटा भिडियोले यतिबेला चकित पारेको छ ।

त्यो हो, हालै रुसले जारी गरेको महिलाको मुखबाट निकालिएको सर्पको सनसनीपूर्ण भिडियो । रुसको दागेस्तानको लेवाशी गाउँमा रहेको आफ्नो घरमा सुतिरहेको अवस्थामा ती महिलाको शरीरभित्र उक्त सर्प पसेको थियो ।

जब उनी जागिन्, तब अस्वस्थ महसुस गरिन् । उनलाई अस्पताल लगियो । उनलाई बेहोसीका लागि सामान्य एनेस्थेटिक औषधि दिइयो ।

उनको घाँटीमा ट्युब छिराएर चिकित्सकले उक्त सर्पलाई निकालेका थिए । महिला स्वास्थ्यकर्मीले महिलाको मुखबाट बाहिर निकाल्दा सर्पलाई समातिन् । सबै स्वास्थ्यकर्मीहरू सर्पको लम्बाइ देखेर चिच्याए ।

उक्त सर्पको लम्बाइ १.२ मिटर रहेको थियो । यो अझै स्पष्ट छैन कि उक्त सर्प जीवित छ कि छैन र महिलाको शरीरभित्र कति समय रह्यो । दागेस्तानको स्वास्थ्य मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । स्थानीयहरूकाअनुसार यस्ता घटनाहरु विरलै हुन्छन् ।

बुढापाकाहरुले युवालाई बाहिर नसुत्न सल्लाह दिन्छन् । किनकी, मुखबाट सर्प छिर्ने सम्भावना हुन्छ । ती बिरामी पहिचान हुन सकिनन् । त्यस्तै, सर्पको प्रकार पनि पत्तो लागेन । सो घटना भएको गाउँ लेभाशीको जनसंख्या ११ हजार ५०० रहेको छ । गाउँको उचाइ चार हजार १६५ फिट रहेको छ ।

केही मानिसले महिलाको शरीरभित्र छिरेको सर्प नभइ विशाल किरा वा परजीवि हुनसक्ने बताएका छन् । तर, यसको आकार भने निकै ठूलो रहेको छ । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७