ब्राजिलियन डिफेन्डर गेब्रियल २६ मिलियन युरोमा आर्सनलमा अनुबन्ध


१७ भाद्र २०७७, बुधबार
garbel

काठमाडौं, १७ भदौं । इङलिस क्लब आर्सनलले ब्राजिलियन डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको छ ।
आर्सनलले हिजो सेन्टर डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो ।

उनलाई २६ मिलियन युरोमा आर्सनलले क्लबमा भित्र्याएको हो । गेब्रियलले आर्सनलसँग ५ वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै उनी २०२५ सम्म आर्सनलमा रहने छन् । आर्सनलमा उनले ६ नम्बर जर्सी लगाउने छन् । गेब्रियल सन् २०१७ मा फ्रेन्च क्लब आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७