वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीलाई कोरोना संक्रमण, ओपीडी सेवा बन्द


१७ भाद्र २०७७, बुधबार
bir hosspital

काठमाडौं, १७ भदौं । वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ठूलो संख्यामा डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि दुई दिन अस्पतालको ओपीडी बन्द गरिएको छ ।

अस्पतालले आज (बुधबार) एक सूचना जारी गरी आज (बुधबार) र भोलि (बिहीबार) ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको छ ।

अस्तपालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार मंगलबारसम्मको रिपोर्टअनुसार डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अस्पतालका अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

Birbi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७