नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण


१८ भाद्र २०७७, बिहीबार
84536be04ef61f3d76c9a079d1bbfa04 w1000 h500 cp

काठमाडौं, १८ भदौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

क्लवले खेलाडीको नाम सार्वजनिक नगरे पनि फ्रान्सेली समाचार संस्था (एएफपी) ले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको बताएको हो ।

नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए । फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ ।

भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो । पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७