सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा कोइराला


१९ भाद्र २०७७, शुक्रबार

काठमाडौं, १९ भदौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् ।

बिपी कोइराला लोकतन्त्र सम्वर्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घर बाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्न समेत आग्रह गरेका हुन् । कार्यक्रममा उनले पार्टीको आगामी १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसगैँ विचार र सिद्धान्तमा समेत घनिभूत छलफल हुनुपर्ने बताएका थिए ।

महामन्त्री डा. कोइरालाले कोभिड–१९ का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे । साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७