स्पेन र जर्मनी बराबरी


१९ भाद्र २०७७, शुक्रबार

काठमाडौं, १९ भदौ । खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् ।

चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका लागि भने रोड्रिगोले गोलका दुई वटा सुन्दर अवसर गुमाएका थिए ।

स्पेनका गोलकिपर डेभिड डि गेयाले खेलमा थुप्रै सुन्दर बचाऊ गरे । यो खेलमा बार्सिलोनाका अन्सु फातीले सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।

बिहीबार राति नै भएका अन्य खेलहरुमा युक्रेनले स्वीटजरल्याण्डलाई २–१ ले हरायो भने रुसले सर्बियालाई ३–१ गोलअन्तरले पराजित गर्यो । टर्की हंगेरीसँग १–० ले हार्दा वेल्सले फिनल्याण्डलाई १ ० ले पराजित गर्न सफल रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७