मन्त्रिमण्डल पुनर्गठनको हल्ला मेराविरुद्धको प्रचार मात्र : प्रधानमन्त्री

‘मन्त्रिमण्डल पुनर्गठन हुँदैन, ढुक्कसँग काम गर्नुस्’


१९ भाद्र २०७७, शुक्रबार
KP sharma oli pm of nepal scaled

काठमाडौं, १९ भदौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन र नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनयन सिफारिससँगै सरकार पुनर्गठनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद वैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्ला आफूहरुविरुद्ध गरिएको गलत प्रचार मात्र भएको बताएका छन् । प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरे पनि सिङ्गो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत दिएको स्रोतले जानकारी दिएको छ ।

‘हल्लाको पछि नलाग्नुस्, मन्त्रिमण्डल पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चलेको छ । अहिले नेकपाभित्र मन्त्रि बन्नका लागि दौड शुरु भइसकेको समेत समाचार बाहिर आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७