धनुषामा कांग्रेस उम्मेदवारले मतपत्र चपाए, प्रहरीले ओकल्न लगायो


२३ आश्विन २०७४, सोमबार
NC

जनकपुर :  चितवनको भरतपुर महानगरको मतपत्र च्यातिएको काण्ड सेलाउन नपाउँदै धनुषामा एकजना उम्मेदवारले मतपत्र नै चपाएका छन् । भरतपुरमा मेयरकी उम्मेदवार रेणु दाहालले हार्ने अवस्था उत्पन्न हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए ।

NC

यता जनकपुरमा भने नेपाली कांग्रेसका एकजना उम्मेदवारले आफू विजयी हुन मतपत्र नै चपाएका छन् । मतपत्र चपाएर निलेको आरोपमा प्रहरीले धनुषाको नगराइन नगपालिकास्थित नेपाली कांग्रेसबाट कार्यपालिका उम्मेदवारलार्इ पक्राउ गरेको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको गृहनगरसमेत रहेको नगराइन नगरपालिकामा कार्यपालिकाका लागि आइतबार निर्वाचनका क्रममा कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले मतपत्र नै चपाइदिएका हुन् ।

कांग्रेस उम्मेदवारले मतपत्र चपाएको यो घटनालार्इ नकेपा एमाले जिल्ला कमिटि धनुषााले ‘भरतपुर काण्ड’ दोहोर्याइएको उल्लेख गरेको छ । कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा एमाले उम्मेदवार अरुणलाल कर्ण र कांग्रेस उम्मेदवार सूर्यनारायण साहले बराबरी २४–२४ मत प्राप्त गरेका थिए। कांग्रेसको मत क्रस भएर एमालेका उम्मेदवारको पक्षमा गएपछि मत बराबरी हुन पुगेको थियो ।

मत बराबरी भएपछि कांग्रेस उम्मेदवार साहले एमालेको पक्षमा गएको एउटा एउटा मतपत्र च्यातेर चपाएका थिए । त्यहीकारण उनी विजयी भएको आरोप एमालेले लगाएको छ। मतपत्र च्यातेर चपाएकै कांग्रेसका उम्मेदवार साहलार्इ निर्वाचन समितिले साहलाई विजेता पनि घोषित गरेको छ । विजेता घोषित गरिएका साहले मुखैमा मतपत्र च्यापेको भेटेपछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी चक्रबहादुर सिंहले मुखमा मतपत्र च्यापेका साहलार्इ नियन्त्रणमा लिइ राखिएको छ । विजेता घोषणा भएको अवस्थामा साहले मतपत्र मुखमा हालेको पाइएपछि सम्भावित विवाद रोक्न उनलार्इ नियन्त्रणमा लिइएको सिंहको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७