एम्बाप्पेलाई कोरोना संक्रमण


२३ भाद्र २०७७, मंगलवार
ambape

काठमाडौं, २३ भदौं । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण देखिएको छ । यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका एम्बाप्पेलाई कोरोना पुष्टि भएको हो ।

फ्रेन्च फुटबल फेरेडेसन (एफएफएफ)ले सोमबार उनीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो । एफएफएफले हाल एम्बाप्पे हाल आइसोलेसनमा रहेको बताएको छ ।

फ्रान्सले आज (मंगलबार) राति क्रोएसियासँग आफ्नो दोस्रो खेल देल्दैछ । यसअघि स्विडेनसँगको पहिलो खेलमा एम्बाप्पेले गोल गरेका थिए । आजको खेलमा एम्बाप्पे सहभागि नहुने भएका छन् । एम्बाप्पे सहभागि नहुँदा टिमलाई असर भने पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७