लाइसेन्स परीक्षामा ५४५ चिकित्सक अनुत्तीर्ण


२४ भाद्र २०७७, बुधबार
doctor

काठमाडौं, २४ भदौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि मात्रै चिकित्सकले बिरामीको उपचार गर्न पाउँछन् ।

1

काउन्सिलले लिएको एमबिबिएस र बिडिएसको परीक्षामा धेरैजसो अनुत्तीर्ण भएका छन् । एमबिबिएसतर्फ सात सय ८५ जनामा तीन सय ६१ जना अर्थात् ४६ प्रतिशत मात्रै उत्तीर्ण भए । परीक्षामा सहभागीमध्ये चार सय २४ अर्थात् ५४ प्रतिशत अनुत्तीर्ण भए ।

बिडिएसतर्फ भने दुई सय ६२ जनामा एक सय ५९ जना उत्तीर्ण भएका छन् । काउन्सिलका उपाध्यक्ष डा. नारायणविक्रम कार्कीका अनुसार यस पटक उपत्यका बाहिर र भित्र गरी १७ स्थानमा परीक्षा भएको थियो । पछिल्लो समय उत्तीर्ण हुने दर न्यून हुँदै गइरहेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७