सीपीएल : सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरियो


२४ भाद्र २०७७, बुधबार
Sandeep Lamichhane JT CPL 1

काठमाडौं, २४ भदौं । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरिएको छ ।

गए राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

उसका लेन्ड्स सिमोन्सले नटआउट ५४ र टिओन वेब्स्टरले नटआउट ४४ रन बनाए । सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन् । यो सिजन सन्दीपले ११ विकेट लिए । ट्रिनबागोले उपाधिका लागि सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७