प्रधानमन्त्रीलाई गगनको प्रश्न, ‘भोका जनता सिडिओलाई छाडेर कहिलेसम्म निषेधाज्ञा थप्दै बस्नु हुन्छ ?’


२४ भाद्र २०७७, बुधबार
kp gagan BCa5WY9Vf7

काठमाडाैं, २४ भदौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी नियन्त्रणका सन्दर्भमा पूतिपक्षी दल नेपाली कांग्रेसले दिएको सुझावको सरकारले वेवास्ता गरेको बताएका छन् ।

सांसद थापाले केही हप्ता अगाडि आफूहरुले प्रधामन्त्री ओलीलाई दुई हप्ता लकडाउन घोषणा गर्न सुझाब दिएको उल्लेख गर्दै दुई हप्तामा गर्नुपर्ने विभिन्न कामका विषयमा अवगत गराएको तर तीन हप्ता बितिसक्दा पनि सरकारका तर्फबाट कुनै काम नभएको आरोप लगाएका छन् ।

उनले लगातारको लकडाउन र निषेधाज्ञाले नागरिक रोगले भन्दा भोकले मगर्ने अवस्थामा पुगेको बताउँर्द उनले प्रधामन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन् ।

उनले कोरोनाको महामारीका बेला सरकार निषेधाज्ञा गर्न प्रमसख जिल्ला अधिकारी (सीडिओ) का रुपमा र कोरोनाको आँकडा घोषणा गर्न स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रुपमा मात्रै उपस्थित भएको बताएका छन् ।

सांसद थापाले संकटको अवस्थामा संसद बन्द गरेर राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको आरोप समेत लगाएका छन् ।

उनले तीन हप्तासम्म जनता सरकारको आदेश मानेर बसे पनि सरकारसँग कुनै योजना नभएका कारण अवस्था थप संकटपूर्ण बन्दै गएको बताएका छन् । उनले सरकारले भोका जनताको जिम्मा सिडिओ र प्रवक्तालाई लगाएर आफू दुलोमा लुकेर बसेको भन्दै यसलाई रोक्न र सरकारले के–के गरिरहेको छ भन्नेबारे जनतालाई जानकारी दिन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘हुँदा–हुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सिडिओ र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस् । सिडिओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस् ।

आज (बुधबार) सामाजिक सञ्जाल ट्वीटरमा नेता थापाले लेखेका छन्, ‘अनेकन समस्याका बावजुद सिडिओको आदेश मानेर आम नागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् ।

स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो ? संक्रमितको संख्या थपिंदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियो ? के–के गर्दै जाने योजना छ ? लकडाउन–निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो ?’

नेता थापाले सरकारले भोका जनता, रोजगार गुमाएका, साना व्यवसायी, किसान, यातायात मजदुरका बारेमा के कस्ता योजना बनाइरहेको छ भनि प्रश्न समेत गरेका छन् । उनले यी सबै विषयमा राजनीतिक नेतृत्वले बोल्नुपर्ने बताएका छन् ।
हेर्नुस् कांग्रेस सांसद गगन थापाको ट्वीट

1 1
acecfab6 c072 41f4 8db2 67a246ad54fc

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७