स्थायी कमिटीको एजेण्डा तय गर्न ओली–प्रचण्डबीच बालुवाटारमा छलफल


२४ भाद्र २०७७, बुधबार
kp oli prachanda

काठमाडौं, २४ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा छलफलमा जुटेका छन् ।

दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल जारी रहेको छ । भोलि (बिहीबार) का लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न दुई अध्यक्षबीच छलफल चलिरहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

स्थायी कमिटी बैठकअघि सचिवालय बस्ने सम्भावना कम भएका कारण सो बैठकका एजेण्डा र प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भएको एक नेताले जानकारी दिएका छन् ।

नेकपाको विवाद समाधानका लागि सुझाव दिन गठित ६–सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्षबाट स्थायी कमिटी बैठकमा प्रस्तावहरु प्रस्तुत हुने र त्यसमाथि बैठकमा छलफल गरिने बताइएको छ ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि १३ साउनदेखि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो । तर, महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वमा गठित कार्यदलले पार्टी विवाद समाधानका लागि सुझाव पेश गरेको छ ।

उक्त सुझावहरुमाथि स्थायी कमिटीमा छलफल गरी निर्णय लिने तयारी नेकपामा भइरहेको छ । कार्यदलले एकताको महाधिवेशनसम्म पार्टी अध्यक्ष र पाँच वर्षसम्म प्रधानमन्त्री ओली नै रहने, तर पार्टीको कार्यकारी अध्यक्ष दाहालमा हुनेगरी प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७