कोरोनाबाट २४ घण्टामा थप ६ जनाको मृत्यु


२४ भाद्र २०७७, बुधबार
korona 9 scaled

काठमाडौं, २४ भदौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंकी ८३, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया महिला रहेका छन् भने काठमाडौँका ६७, अर्घाखाँचीका ४२ र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । यो जम्मा संक्रमितको ०.६३ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा ४६४ सहित देशभर एक हजार ८१ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११ र भक्तपुरमा ८१८ संक्रमित पुगेका छन् । उपत्यकामा थपिएका संक्रमित आज देशभर संक्रमिण पुष्टि भएका एक हजार ८१ जनामध्येका हुन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ८१ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३३ हजार ८८२ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७