एनआइसी एशियाले ल्यायो ‘एनआइसी एशिया क्वीज’ योजना


२४ भाद्र २०७७, बुधबार
Image on Viber Community Quiz r2HypMHNVu

काठमाडौं, २४ भदौ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआइसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एशिया क्विज योजना सार्वजनिक गरेको छ ।

यस बैंकका ग्राहक तथा अन्य व्यक्तिहरूले यस बैंकको भाइबर कम्यूनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् । यसमार्फत २०७७ भदौ २५ देखि असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ ।

यसरी सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पहरू मध्येबाट सहभागीहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन् र जति धेरै सही जवाफ दिन सकिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था भएको बैंकले जनाएको छ ।

बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यासुदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ ।

साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू। ५०० बराबरको मोबाइल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआइसी एशिया क्विज योजनामा सहभागीता जनाउन सक्नुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७