नायिका साम्राज्ञीले मनको कुरा खोलिन्, ‘तनावमा छु’


२३ माघ २०७४, मंगलवार
Samragi

काठमाण्डौं, २३ माघ : नायक अनमोल केसीको जोडी बनेर चलचित्र ‘ड्रिम्स’ बाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र यात्रा निकै सफल देखिएको छ । यो सफलताले उनमा कामप्रति हौसला बढाइरहेको छ । तर साम्राज्ञीले एकाएक आफू तनावमा रहेको बताएर दर्शक तथा फ्यानहरुलाई अचम्ममा पारेकी छन् ।Samragi
सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले तनावको कारण पनि खोलेकी छिन् । उनको तनाव चलचित्र प्रदर्शनको मिति नजिकिएर नभई सामाजिक सञ्जालमा आएको एक समाचारका कारण रहेको स्पष्ट बनाएकी छन् ।cc

उनले आफूले कहिल्यै नभनेको र सोच्दै नसोचेको विषयलाई समाचार लेखेर आफूलाई अनावश्यक तनाब दिएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा उक्त समाचारको खण्डन गर्दै सामाज्ञीले आफ्ना शुभ चिन्तकहरुलाई भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् ।saa

उनका बारेमा साम्राज्ञीलाई ‘गाउँले मन पर्दैन’ भन्ने शीर्षकमा समाचार लेखेपछि उनले आफूले यस्तो कुरा कहिल्यै नभनेको र नसोचेको भन्दै उक्त समाचारको खण्डन गरेकी छन् ।d

यसै विषयमा उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन् :

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७