डाक्टर लेख्ने, स्त्री मात्रै देख्ने


२५ भाद्र २०७७, बिहीबार
Tribhuwan University TU Photos 8

काठमाडौं, २५ भदौं । एक जना प्राडा छन् । त्रिविमा नेपाली पढाउँछन् । आफूलाई नेपाली डायास्पोरासम्बन्धी खोजी नीति गर्ने पहिलो र आधिकारिक मानिस ठान्छन् । अरुको निन्दामै समय खर्चिन्छन् ।

एक वर्षअघिसम्म एउटा अन्तर्राष्ट्रिय नेपाली साहित्यसँग सम्बन्धित संस्थाको सल्लाहकार भएर देश–विदेश भ्रमण गरे । अति छुद्र स्वभावका ती प्राडा र ती संस्थाका प्रमुखको खुब दोस्ती थियो । तर, पछिल्लो समय सम्बन्धमा दरार आएको छ । कारण हो– स्त्री र पुरस्कार । एकअर्काको निन्दा गर्दै बस्छन् ।

दुवै जना पदमा छैनन् । त्यो संस्थाले गत वर्ष बेलायतमा गरेको कार्यक्रममा एक जना स्त्रीलाई दुवै जनाले मेरो मेरो भनी तानातान गरेको र एउटा पुरस्कारको निहुँमा सम्बन्ध बिग्रिएको संस्थाका मानिस बताउँछन् । ती प्रा.डा. आफूलाई मानक नेपाली भाषाको अन्तर्राष्ट्रिय र जिम्मेवार व्यक्ति ठान्छन् ।

कुनै समय अरूको पाठ्यपुस्तक चोरी आफ्नो नाममा छापेका कारण प्रहरी हिरासतको अनुभव समेत बटुलिसकेका छन् । आफ्ना महिला विद्यार्थीलाई अनेक किसिमले शारीरिक शोषण गरेको सहकर्मीहरू बताउँछन् ।

शोध मूल्यांकन र भाइबामा बढी नम्बर दिन्छु भन्दै शोषण गरेको बताइन्छ । केही महिनाअघि अनेक कोशिस गर्दा पनि सरकारी पुरस्कार नपाएपछि उनले आफूसम्बद्ध एउटा अनलाइनमा व्यंग्य लेखेर मन शान्त बनाएका थिए । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७