‘प्रेमगीत–३’ का निर्देशक छेतेन गुरुङको निधन


२५ भाद्र २०७७, बिहीबार
f8823aa04ac6c0ada1d945fc7aafa370 w1000 h500 cp

काठमाडौं, २५ भदौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ का लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । बुधबार राति राजधानीको महाराजगञ्जमा रहेको मेट्रो अस्पतालमा उनको निधन भएको हो ।

अचानक बिरामी भएपछि दुई दिन ४२ वर्षीय गुरूङलाई अस्पताल भर्ना गरिएको थियो । उनी कलेजोका बिरामी थिए । चलचित्रका लेखक तथा निर्माता सन्तोष सेन अनुसार उनको कलेजोको नसा फुटेर मृत्यु भएको हो । गुरुङको आज बिहान स्वयम्भुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

चलचित्र नोभेम्बर रेन, क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियो, प्रेमगीत–३ को कथा लेखन तथा निर्देशन समेत गरेका थिए । अहिले प्रेमगीत–३ प्रदर्शनको तयारीमा छ । गुरुङका आमा र एक छोरी छन् । उनकी पत्नीको भने केही वर्षअघि नै मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७