भीरबाट लडेर आमा र गर्भे शिशुको मृत्यु


२५ भाद्र २०७७, बिहीबार
death मृत्यु

सिन्धुपाल्चोक, २५ भदौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।

साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौं लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भीरबाट लडेर तामाङको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटामा शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७