२४ घण्टामै थपिए १,२४६ कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या ५०,४६५ पुग्यो


२५ भाद्र २०७७, बिहीबार
korona

काठमाडौं, २५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केहि दिनअघि भन्दा बढेर आज थप १,२४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन् ।

हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन् । यीमध्ये होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७