अर्जित सिंह विवादमा


२३ माघ २०७४, मंगलवार
arjit singh

काठमाडाैं (एजेन्सी) : गायक अर्जित सिंह फेरि एक पटक विवादमा तानिएका छन् । केही समय अघि अभिनेता सलमान खानसँग विवादित बनेका यी गायक यति बेला सामाजिक सञ्जालको सिकार भएका छन् ।arjit singh

उनले स्टेजमा मुख छाडेको कारण विवादमा आएका हुन् । खासमा केही दिन अघि एक कार्यक्रममा उनी गीत गाउँदै थिए । गीत गाउने क्रममा अर्जितको माइक खस्छ र उनले एक्कासि मुख छाड्छन् । आयोजकले तुरुन्तै उनको माइक मिलाइदिएर उनी पुन सामान्य भएर स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।

साढे एक मिनेटको भिडियोमा उनले गरेको सबै गतिविधि खिचिएको छ । यति बेला सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने उनको अनेक ट्रोलहरु बनिरहेको छ । उनलाई धेरैले दर्शक सामु रिस नदेखाएको भए राम्रो हुने सल्लाह दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७