राजपाका कारण तरंगित बन्दै राजनीति


२३ आश्विन २०७४, सोमबार

काठमाडौँ: राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र नं २ बाट सुर्य चिन्ह्मा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बहालवाला संसदलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उमेदवारका रुपमा अघि सारेको छ ।RAJAPA e1503377155727

मिश्रलाई उम्मेदवार बनाउनु एमालेको ‘बाध्यता’ होला,त्यसले भुइँचालो भने राजपामा ल्याएको छ । ५ नम्बर प्रदेशको तराई क्षेत्र नवलपरासीदेखि बाँकेसम्म राजपाभित्र थुप्रै ठाँउमा यस्तो भुइँचाले गएको छ,जसको कम्पनले समग्र प्रदेशको समग्र प्रदेशको राजनीतिलाई तरंगित बनाएको छ ।

स्थानीय तह निर्वाचनबाटै पार्टीसँग असन्तुष्ट पार्टीसँग असन्त्ुष्ट बनेका राजपा अध्यक्षमण्डलका सदस्य हृदयेश त्रिपाठीको पार्टीबाट बहिर्गमनले उनको गृहजिल्ला नवलपरासीमा ठुलै धक्का महसुस भएको छ ।आजको नागरिकमा खबर छापिएको छ ।

असोज १६ गते एमाले महासचिव ईश्वर पोखरेलसँग सहमति गर्दै उनीसहित पाँच नेताले सुर्य चिन्ह्मा चुनाव लड्ने घोषणा गरेका छन् । सहमति पत्रमा मिश्रसँगै राजपाका अर्का महामन्त्री बृजेशकुमार गुप्ता,केन्द्रीय सदस्य जगदीश शुक्ला र ईश्वरदयाल मिश्रले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७